News समाज

गोकर्णेश्वरमा पितृलाई तपर्ण दिनेको घुँइचो

गोकर्णेश्वरमा पितृलाई तपर्ण दिनेको घुँइचो

gok भदौ १६ । काठमाडौंको पूर्वी भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा विहीबार भीड लागेको छ । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा यस्तो भीड लाग्ने गर्छ ।बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ ।

gokarna

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

Kuse Ausi

विशेष