वन्यजन्तु संरक्षण विधेयक सर्वसम्मतिले स्वीकृत
भदाै - १६ । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७१ माथि विचार गरियोस् भनी राखेकाे प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले जैविक विविधतामा विश्वमै धनी मुुुलुक नेपालमा भएको संरक्षणका प्रयासले वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको बताए । उनले जैविक विविधिताबारे उठेका मुद्दालाई विधेयकको संशोधनमा समेटिने बताएका छन् ।
वातावरण संरक्षण समितिका सभापतिसमेत रहेका जनकराज चौधरीले वन्यजन्तु संरक्षणसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन सो कानुनको संशोधन ढिलै भए पनि आउनु सुखद् हो भनेका छन् ।
संसद्को अर्काे बैठक भदौ २० गते सोमबार १ बजे बस्नेछ ।
banyjantu diwas