जापानका विदेश राज्यमन्त्री किसी स्वदेश प्रस्थान
भदाै - १६ । जापानका विदेश राज्यमन्त्री नोबो किसी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी बिहिबार अपराह्न स्वदेश फर्किएका छन् ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका राज्यमन्त्री किसीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री किसीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, परराष्ट्र मन्त्रालय र यहाँस्थित जापानी दूतावासका उच्च अधिकारीले बिदाई गरे । - रासस
japan prasthan
nbo kissi