News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
bidhya bhandari vs prachanda भदाै - १६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ । रासस

bhetbarta bidhya bhandari pm dahal sital niwas

विशेष