News

'वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने' - स्वास्थ्यमन्त्री थापा

'वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने' - स्वास्थ्यमन्त्री थापा
Gagan Thapa भदाै - १६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताएका छन् । अस्पतालको बिहिबार निरीक्षण गर्दै उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने – “सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।” मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन पनि दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराए । मन्त्री थापाले अस्पतालमा छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीलाई सघन उपचार कक्षमा भेट गरे । सो अवसरमा श्रीमती अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरिन । मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गरे । त्यसक्रममा एक वर्षदेखि बिग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै यन्त्रका लागि तत्काल पहल थालिने बताउए । - रासस

Bir Hospital Gagan Thapa

विशेष