विदेश
किन लम्बियाे अमेरिकी विदेश मन्त्री केरीकाे भारत भ्रमण ?
बिहिबार, १६ भदौ २०७३ गते प्रकाशित
भदाै - १६ । अमेरिकी विदेश मन्त्री जोन केरीले आफ्नो भारत भ्रमण लम्ब्याएको सरकारी स्रोतले जानकारी दिएको छ ।
तीन दिने औपचारिक भ्रमणको क्रममा विदेश मन्त्री केरी गत सोमबार साँझ राजधानी नयाँ दिल्ली आएका थिए । बुधबार अबेर राति उनि वासिङ्गटनतर्फ फर्किने समय तालिका निश्चित गरिएको थियो ।
विदेशी सञ्चार माध्यमहरुले अमेरिकी विदेश विभागका प्रवक्ता मार्क टोनरलाई उद्धृत गर्दै केरी भारतीय राजधानीमा शुक्रबार या शनिबारसम्म रहनुहुने बताएका छन् ।
यसपछि, चीनको हाङ्गझाउमा हुन गईरहेको जी–२० शिखर सम्मेलनमा भाग लिन आउने अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटी बिदेश मन्त्री केरी पनि सँगसँगै सहभागी हुनेछन् ।
गत मङ्गलबार सम्पन्न दोस्रो भारत(अमेरिका व्यापार तथा वाणिज्य रणनीतिगत वार्ता बैठकमा अमेरिकी वाणिज्य मन्त्री पेनि प्रिज्कर तथा विदेश मन्त्री केरीले संयुक्तरुपमा उपसभापतिको आसन ग्रहण गरेका थिए ।
सो वार्तामा भारतीय पक्षबाट विदेश मन्त्री सुष्मा स्वराज तथा वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनले प्रतिनिधित्व गरेका हुन् ।
विश्वका बीसवटा आर्थिक एवम् औद्योगिक राष्ट्रहरुको सङ्गठन जी–२० को शिखरसम्मेलन यस पटक चीनमा आगामी सेप्टेम्बर ४ देखि ५ सम्म आयोजना गरिँदैछ ।
केरीले बुधबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका छन् । रासस÷सिन्ह्वा
India
john kerry