News

जब बच्चा निकाल्नु पर्ने ठाँउमा पाठेघर निकालेपछि यस्तो भयो

जब बच्चा निकाल्नु पर्ने ठाँउमा पाठेघर निकालेपछि यस्तो भयो
janakpur-hospital भदौ - १६ । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको छ । महिलाको ज्यान गएका भन्दै परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । डाक्टरहरुले पेटको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर निकालेपछि महोत्तरी भरतपुर–४ की २६ वर्षकी चन्द्रकला पासवानको ज्यान गएको परिवाजनले आरोप लगाएका छन् । शिवजी पासवानकी श्रीमती चन्द्रकलालाई सुत्केरी व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा नजन्मेपछि मंगलबार राति साढे ८ बजे बच्चा निकाल्न अप्रेशन कक्षमा भर्ना गरियो । आफन्तका अनुसार प्रसुति रोग विशेषज्ञ डा. शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव सुरु भएको थियो । त्यसपछि डा. सिंहले बच्चा पेटबाट निकाल्दा बच्चाको ज्यान गइसकेको थियो । रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाइएको आफन्तले बताएका छन् । डा. सिंहले पाठेघर झिकेकाले अत्याधिक रक्तश्राव भई बुधबार बिहान चन्द्रकला सिकिस्त भएपछि उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै अस्पतालले सिटी हस्पिटल जनकपुरमा बिहान १० बजे रेफर गरिएको थियो । सिटी हस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको ज्यान गएको परिवारजनले जनाएको छ । चन्द्रकलाको यसअघि दुई छोरी भइसकेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउँदै दोषी डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. गौराग मिश्राले चन्द्रकलाको सामान्य रुपमा बच्चा नजन्मेपछि डा. शिला सिंहले शल्यक्रिया गर्न थालेकी थिइन् । उनका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो । पाठेघर फाटेको अवस्थामा हटाउनु पर्ने हुँदा अर्का प्रसुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुबै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो । शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेडिकल सुपरीटेन्डेन्ट मिश्रले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टीकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने उनले बताएका छन् । पछिल्लो समय जनकपुर अञ्चल अस्पतालमा लापरबाही बढ्दै गएको छ । जसको कारणले समयमा उपचार नपाउँदा विरामीको ज्यान जाने गरेको छ । उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंङ होममा गएर उपचार गराउने गरेका छन् । डाक्टर र नर्सहरु अस्पतालको डिउटीको समयमा बढी समय निजी क्लिनिक र प्राइभेट हस्पिटलहरुमा जान थालेका समेत भेटिन्छन् ।

Janakpur sutkeriko mirtue

विशेष