विदेश

ट्रम्पद्वारा बिदेश नीति सार्वजनिक, गैरकानुनीरुपमा बस्ने आप्रवासीलाई उन्मुक्ति नदिने

ट्रम्पद्वारा बिदेश नीति सार्वजनिक, गैरकानुनीरुपमा बस्ने आप्रवासीलाई उन्मुक्ति नदिने
donald trumfभदौ – १६ । अमेरिकाका राष्ट्रपतिका लागि उम्मेद्वार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिका बसोबास गर्दै आएका ११ मिलियन आप्रवासीहरुलाई कुनै पनि खाले उन्मुक्ति नदिने बताएका छन् । उनीहरुसँग आफ्नो देश फर्कनुको बिकल्प नभएको भन्दै आफ्नो आप्रवासनसम्बन्धी नीति सार्बजनिक गरेका हुन । ट्रम्पले बुधबार अप्रत्यासित रूपमा मेक्सिकोको भ्रमण प्रश्चात उनले आप्रवासीप्रति नितान्त अनुदार मानिने आरिजोना राज्यको फिनिक्सबाट चिरप्रतिक्षित आप्रवासनसम्बन्धी आफ्नो नीति सार्वजनिक गरे । गैरकानुनीरुपमा अमेरिका बसेका ११ मिलियन आप्रवासीहरुलाई कुनै पनि खाले उन्मुक्ति नेदिने उनको निती रहेको बताइएको छ । ती गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीसँग घर फकिनु भन्दा दोस्रो विकल्प नहुने उनले उल्लेख गरे । ट्रम्प आफ्नो आप्रवासनसम्बन्धी नीतिको प्रारम्भिक अडानबाट रत्तिभर पछि नहट्ने अभिब्यक्ति दिए । उनले मेक्सीको तर्फको करिब छ सय माईलको सिमानामा पर्खाल लगाउने र त्यसको भुक्तानी मेक्सिकोले नै गर्नुपर्ने बताए । उनको भनाइ सार्बजनिक भएको केही समयमै मेक्सिकोका राष्ट्रपतिले त्यसको प्रतिकार गरेका थिए । आप्रवासनसम्बन्धी उनको कडा नीतिका कारण डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई थप लाभ पुग्ने बताइएको छ ।

America Donald Trump

विशेष