सरकारले गर्याे सचिवहरुको सरुवा को को परे ? विवरण सहित
भदौ - १६ । मन्त्रिपरिषद्ले सचिवहरुको सरुवा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ भने अख्तियारमा उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई पठाइएको छ ।
त्यस्तै गृह मन्त्रालयमा अर्थसचिव लोकदर्शन रेग्मीलाई पठाइएको छ । गृह मन्त्रालयका सचिव नारायप्रसाद मलेगोलाई भने उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई स्थानीय विकास मन्त्रालयमा पठाइएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सचिवहरुको सरुवाबारे कुनै निर्णय नभएको बताएका थिए ।
mantriparisad ko karyalaya
sachib haruwa