भारतबाट ५ बालबालिकाको उद्धार
भदाै - १६ । गैरकानुनी तरिकाबाट भारतको पन्जाबमा पुर्याएका पाँच बालबालिकाको उद्धार गरिएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले भारतस्थित नेपाली दूतावास र माइती भारतका सहयोगमा ती बालबालिकालाई उद्धार गरी आज साँझ काठमाडौँ ल्याइपुर्याएको हो । त्यसरी उद्धार गरिएका बालबालिकाको उमेर १२ देखि १६ वर्षसम्मको छ । तिनमा दुई बालिका छन् । उनीहरुलाई सल्यान र जाजरकोट लगायत जिल्लाबाट भारत पुर्याएको मनत्रालयले जनाएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले विभिन्न कारणबाट त्यहाँ पुगेका उनीहरुको उद्धार गरी बिहिबार अपराह्न काठमाडौँ ल्याइएको जानकारी दिँदै उनीहरूलाई परिवारको पहिचान भएपछि परिवार तथा आफन्तको जिम्मा लगाइने बताएकाछन् ।
उद्धार गरिएका दुई बालिकालाई माइती नेपालमा र तीन बालकलाई छोराछोरी नामक संस्थाको जिम्मा लगाइने मन्त्रालयको सहसचिव राधिका अर्यालले जानकारी दिइन् । मन्त्रालयले पीडित बालबालिकाको नाम गोप्य राखिदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
balbalika vetiye
India