News

बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

बिएस्सी तेस्रो वर्षको  परीक्षाफल प्रकाशित
tu भदाै - १६ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ । यसैगरी २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ । त्रिविका अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०१४७, १४०२३७, ३२००३१, ३२००३२ र ३९०८७८ लाई दुई वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको छ । परीक्षाफल www.edusanjal.com,www.educationsansar.com,www.educationkhabar.com र www.tu.net.ntc.np मा हेर्न र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

result publish TU

विशेष