News

रानीपोखरीमा भइरहेको पुनर्निर्माण तुरुन्त रोक्न युनेस्कोको अपील

रानीपोखरीमा भइरहेको पुनर्निर्माण तुरुन्त रोक्न युनेस्कोको अपील
unesco3 भदौ – १६ । यनेस्कोले रानीपोखरीसहित नेपालका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माण अनुपयुक्त ढंगबाट भइरहेको भन्दै काठमाडौँ युनेस्कोले चासो देखाएका छ । युनिस्कोले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चासो देखाएको हो । युनेस्कोले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस प्रकारको व्यवहारबाट हनुमानढोका दरवार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै काष्ठमण्डप र माजुडेग लगायतका काठमाडौँ उपत्यकाका भावी पुनर्निर्माणप्रतिको विश्वासनियता माथि पनि गंभीर प्रश्नचिन्ह खडा भएको छ ।’ युनेस्कोले पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई रानीपोखरीमा भइरहेको काम तुरुन्त रोक्न तथा पुरातत्व विभागद्वारा पुनर्निर्माण प्रक्रियाको उचीत अनुगमन र सुपरिवेक्ष भएको सुनिश्चित गर्नका लागि पुनः अपील गरेको छ । युनेस्कोले भनेको छ, सम्पदास्थलको पुनर्निर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिँनु अनुपयुक्त हुन्छ । परिणामतः नेपालको सांस्कृतिक पर्यटकीय संभावनामाथि नकरात्मक असर पर्न सक्छ ।’ यनिस्कोले काठमाडौँ महानगरपालिका र पुरातत्व विभागले रानीपोखरी र सम्पूर्ण काठमाडौँ उपत्यकाको धार्मिक, सास्ंकृतिक र ऐतिहासिक महत्वलाई कायम राख्दै त्यसको जगेर्ना गर्ने काममा ठोस प्रभावकारी कदम चाल्न सुझाव दिएको छ । उसले ऐतिहासिक धरोहरहरुको पुननिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई नै परिवतर्नन गर्नु पर्नेमा जोड दिएको छ ।

kathmandu Mahanagarpalika municipality Ranipokhari UNESCO

विशेष