ताजा खबर विदेश

अमेरिकाको आन्तरिक केन्द्रमा शक्तिशाली विष्फोट

अमेरिकाको आन्तरिक केन्द्रमा शक्तिशाली विष्फोट

nn

भदौ १७ । अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलमा रहेको अन्तरिक्ष केन्द्रमा विस्फोट भएको छ । रकेट प्रक्षेपण गर्ने क्रममा विस्फोट भएको हो । स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा लन्च प्याडमा विस्फोट भएको विविसीले जनाएको छ ।

विविसीका अनुसार विस्फोटका कारण कोशौं टाढा रहेका भवनमा समेत कम्पन महसुस गरिएको थियोे । विस्फोटका कारण सामाजिक सञ्जाल फेसबुकको कम्यूनिकेशन स्याटलाइट ध्वस्त भएको छ । शनिबार उद्घाटन गर्ने तयारीमा रहेको स्याटेलाइटमा इजरायलमा बनेको एमास सिक्स उपग्रहको प्रयोग गर्ने तयारी थियो ।यो उपग्रहले अफ्रिकाका सबै ठाउँमा इन्टरनेट सेवा पुर्याउने योजना थियो ।

नासाले स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा स्याटलाइट अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ । रकेटमा इन्धन भर्ने क्रममा कुनै गडबडी भएकाले विस्फोट भएको हुन सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

NASA USa

विशेष