ताजा खबर News समाज

सरकारले सिफारिस गर्यो दुई छिमेकी राष्ट्रमा राजदूत

सरकारले सिफारिस गर्यो दुई छिमेकी राष्ट्रमा राजदूत

Rajdut

भदौ १७ । मन्त्रिपरिषदको बिहिबारको बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ । भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पौडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए ।

सिफारिसमा परेका पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन भने उपाध्याय ओली सरकारले फिर्ता बोलाएका तात्कालिन भारतीय राजदूत हुन् ।

त्यस्तै मन्त्रिपरिषद बैठकले डा. मिनबहादुर श्रेष्ठलाइ योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. श्रेष्ठले योजनाहरू राम्रा भएता पनि कार्यान्वयन पक्ष फितलो रहने गरेको टिप्पणी गर्दै त्यस्ता योजनाहरू बनाउँदा नै कार्यान्वयन हुनेगरि काम गर्ने बताएका छन् ।

Dip Kumar Upadhya lila dhar upadhyay Rajdoot

विशेष