ताजा खबर News समाज

२०७४ असोज भित्रै मेलम्चीको पानी काठमाडौंमा

२०७४ असोज भित्रै मेलम्चीको पानी काठमाडौंमा

Melamchi भदौ १७ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ । कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको छ । हाल १९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ । समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ । यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ सम्पन्न हुनेछ । तोकिएको मिति अझ १२ महिना बाँकी छ । अर्थात् २०७४ असोज महिना पानी ल्याउने मिति हो । दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए । उनले भने , “२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ आउने कुरामा अब शङ्का छैन, तोकिएको समयमा काम सकिन्छ । ” उनका अनुसार सुन्दरीजल र सिन्धु जोडिनलाई अब १ किमी मात्र बाँकी छ, त्यसपछि अझ सहज हुनेछ ।

निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेन । सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ । कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ । गोरखापत्र

Melamchi

विशेष