अर्थ ताजा खबर News

संसदद्वारा एकै दिन चार विधेयक पारित

संसदद्वारा एकै दिन चार विधेयक पारित

Samsad vaban

भदौ १७ । व्यवस्थापिका–संसद्ले बिहिबार एकैदिन चार वटा विधेयक पारित गरेको छ । संसदको बिहिबारको बैठकले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक, लेखापरीक्षण पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक पारित गरेको हो ।

नवौ संसोधन विधेयक पारित भएपछि कर्मचारी सञ्चय कोषलाई सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकायद्वारा प्रबद्र्धित पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्ने बाटो खुलेको छ । त्यस्तै, कोषले उर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्न पाउने भएको छ ।

राष्ट्र बैकसम्बन्धि विधेयक पारित भएसँगै बैंकका डेपुटी गभर्नर तथा उच्च अधिकृतहरुले अवकाशलगत्तै अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान रोक लाग्ने भएको छ । डेपुटी गभर्नरहरुले अवकाश पाएको तीन वर्षसम्म तथा अन्य उच्च अधिकृतहरुले २ वर्षसम्म अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान नपाउने गरी विधेयक पारित गरिएको हो । विधेयकमा तोकिएको अवधिपछि जागिर खाँदा पनि बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था राखिएको छ ।

Samsad

विशेष