यौन पिपासु मन्त्री बर्खास्त
भदौ १७ । भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ । उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवं बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएका छन् ।
चुनाव पूचारको अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए । यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउन छुने गरेको पनि बताएका थिए । गत ८ मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्ली सेक्रेटियटको कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्रीको यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रोत बनेको बताएका थिए ।
त्यही बेला उनले हरेक बिहान उठेर आफ्नी पत्नीको पाउ छुने गरेको बताएका थिए । उनको सो अभिव्यक्ति लगत्तै कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो । अन्त्यमा खुट्टा ढोगेपछि पत्नीले उनलाई सधैं सफल रहने आशीर्वाद दिने गरेको समेत रहस्य खोलेका थिए । दिल्लीको दयाल सिंह कलेजमा पहिलोपटक भेट भएका तिनीहरुको ८ वर्षको प्रेमपछि सन् २०११ अप्रिल ५ मा विवाह भएको थियो ।
सन्दीप कुमार निकै गरिब परिवारका भएकाले सुरुमा ऋतु एक आर्मी अफिसरकी छोरी थिइन् । सो अश्लिल सीडी सार्वजनिक भएदेखि नै सन्दीप कुमार भूमिगत भइसकेका छन् । यस सम्बन्धमा उनको तर्फबाट केही प्रतिक्रिया आएको छैन । उनको कार्यालयको अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएको जनाइएको छ ।
Sandip Kumar