ताजा खबर News

पहिरोका कारण मुग्लिन नारायणगड सडकखण्ड अवरुद्ध

पहिरोका कारण मुग्लिन नारायणगड सडकखण्ड अवरुद्ध

Narayan भदौ १७ । पहिरो खसेपछि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । रातिदेखि परेको पानीले चण्डीभन्ज्याङ–६ कालिखोलामा खसेको पहिरो हटाउने प्रयास भैरहेको चितवन प्रहरीले जनाएको छ ।

राति धेरै ठाउँमा खसेकोे पहिरो हटाइसकिएको छ । अहिले कालिखोलाको पहिरो हटाउने प्रयास भैरहेको प्रहरीले बताएको हो । पहिरो खसेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ ५ किलोमिटरमा पर्छ । यो खण्ड अवरुद्ध भएपछि सिमलटारदेखि मुग्लिनसम्म नै जाम छ । दुईसय भन्दा धेरै गाडी रोकिएकाले पहिरो हटेपछि पनि बाटो छिचोल्न समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । बाहिरी जिल्लालाई काठमाडौ जोड्ने मुख्य सडकखण्ड अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ ।

Narayangad Muglin Sadak

विशेष