News समाज

प्रचण्डपुत्रको बालुवाटारमा हालिमुहाली

प्रचण्डपुत्रको बालुवाटारमा हालिमुहाली

भदौ १७ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै बालुवाटारभित्रको कमाण्ड सम्हालेका पुत्र प्रकाशले पितालाई समस्यामा पर्ने शैलीमा काम थालिसकेका छन् ।प्रचण्डलाइ भेट्न खोज्नेलाई रोक्ने गरी प्रकाशले घेरा तयार गरेका छन् । जसमा आफूनिकटहरुलाई मात्र राखेर आफूखुसी छानेर भेट्न दिने अवस्था तयार गरेका छन् । प्रधानमन्त्री भएलगत्तै प्रचण्डका महत्वपूर्ण टेलिफोन नम्बरसमेत परिवर्तन भएपछि प्रकाशलाइ झन सजिलो भएको छ ।

विगतमा प्रचण्डसँग निकटस्थलाइ टाढा बनाउन यही उत्तम अवसर बनेको छ प्रकाशका लागि । उनले पुराना कार्यकर्ता र प्रचण्डका मित्रले भेट्ने वा कुरा गर्ने चाहनालाई लत्याइदिने गरेका छन् । प्रचण्ड प्रकाशमोहमा परेको र यसले भविस्यमा अर्को समस्या ल्याउने चर्चा माओवादीभित्र चलेको छ ।

प्रचण्डलाई अन्धकारमा राखेर अनि कसैलाइ पनि नजिक पुग्न नदिएर प्रकाश बालुवाटरमा हालीमुहालीइ गरिरहेका छन् । प्रकाशले कमिशनखोर व्यापरीसँग पनि साँठगाठ गर्दे आएका छन् ।आफूले भने बमोजिम गर्न तयार हुने व्यापारीलाइ मात्र बालुवाटारको दैलो उघार्ने र त्यो पनि आफूमार्फत मात्र भेटाउने गरेका छन् । विमर्शबाट

prakash dahal

विशेष