News

कोटेश्वर बहुमुखी क्याम्पसद्वारा साईकल वितरण (फोटो फिचर)

कोटेश्वर बहुमुखी क्याम्पसद्वारा साईकल वितरण (फोटो फिचर)
cyce-distribution-kmc-7-nepalaaja सागर बुढाथोकी । भाद्र १७ । नेपाली हिन्दु महिलाहरुको महानपर्व तीजको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसद्वारा १७५ जना छात्राहरुलाई साईकल वितरण भएको छ । शुक्रबार कोटेश्वरस्थित महादेवस्थानमा कार्यक्रमको आयोजना गरेर १२० जना छात्रालाई साईकल वितरण गरिएको हो । बाँकी ५५ वटा साईकल १ हप्ताभित्र वितरण गरिसक्ने कलेजले जानकारी दिएको छ । cyce-distribution-kmc-3-nepalaaja cyce-distribution-kmc-5-nepalaaja पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्रबहादुर पाण्डेले साइकल वितरण कार्यक्रमको उद्घाटन बितरण गरे । साइकल पाउने छात्राहरुमा विशेष गरि गरिब, भूकम्पपीडित, जेहन्दार ,सिमान्तकृत समुदायका रहेका छन् । cyce-distribution-kmc-4-nepalaaja सो अवसरमा पूर्वपरराष्ट्र मन्त्री पाण्डेले आर्थिक रुपमा विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई साईकल वितरण गर्न पाउँदा खुसी महशुस भएको बताएका छन् । त्यस्तै क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले छात्राहरुलाई पाएको साईकल सदुपयोग गर्न आग्रह गरेका छन् । क्याम्पस प्राध्यापक संघका अध्यक्ष अग्नी अधिकारीले विद्यार्थीहरुलाई कलेज आउँदा–जाँदा सुरक्षित रुपमा साईकल चलाउन सुझाव दिए । cyce-distribution-kmc-2-nepalaaja सो कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष नवराज कार्की, अनेरास्ववियुका सचिव माधव अधिकारी र नेविसंघका नेता सुदिप सापकोटाले पनि मन्तव्य राखेका थिए । तीनै दलका विद्यार्थी नेताहरुले छात्राहरुले साईकलको सदुपयोग र सुरक्षा गर्नुपर्नेमा जोड दिएका थिए । cyce-distribution-kmc-1-nepalaaja केहि दिनअगाडि कलेजले साइकल चाहने विद्यार्थीहरुमा आवेदन माग गरेको थियो । साइकल पाउने छात्राहरुको छनौट कलेजमा रहेका विद्यार्थी संगठन र क्याम्पस प्रशासनले संयुक्तरुपमा गरेको थियो । जिविस काठमाडौंको आर्थिक सहयोगमा छात्राहरुलाई साइकल उपलब्ध गराइएको सो अवसरमा जानकारी दिइएको थियो । cyce-distribution-kmc-8-nepalaaja cyce-distribution-kmc-6-nepalaaja

cycle distribution in koteshor multiple campus koteshor bahumukhi campus ma cycle bitaran

विशेष