विदेश

पाकिस्तानको अदालतमा विस्फोट १२ को मृत्यु

पाकिस्तानको अदालतमा विस्फोट १२ को मृत्यु
coat pakistanभदौ - १७ । उत्तरी पाकिस्तानको मरदानस्थित एक अदालतमा शुक्रबार ग्रिनेड विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा ३० भन्दा बढी घाइते भएको एक अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी र नागरिक रहेका छन् । घटनामा तीन कानुन व्यवसायी र दुई प्रहरी अधिकारी पनि मारिएको मरदन प्रहरीले जनाएको छ । हमालाकारी अदालतको बार कोठामा प्रवेश गर्न खोजेको र सो हमलाकारीलाई प्रहरीले गोली हानी हत्या गरेको हो । अदालतको सो बार कोठामा ठूलो संख्यामा कानुन व्यवसायीहरु भेला भएका थिए । पाकिस्तानमा कानुन व्यवसायीहरु लडाकुको निशानामा पर्दे आएका छन् । गत महिना पनि क्वेटा हमलामा पनि १८ कानुन व्यवसायीको ज्यान गएको थियो । मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । - एजेन्सी

bomb blast coat Pakistan

विशेष