नागर्जुनको लाइन काटियो–स्रोत, काटेको छैनः प्राधिकरण
भदौ १७ । नागार्जुन दरबारको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणले काटेको खबर सार्वजनिक भएको छ ।
विद्युत लाइन काट्ने शाखाका प्रमुख गोपाल बाबु भट्टराइका अनुसार पूर्वराजाको निवास नागार्जुनको लाइन अहिलेसम्म काटिएको छैन । भट्टराईले भने, ‘पत्र दिएको हो । पत्र दिएको ६० दिनभित्रमा बक्यौता तिरिसक्नु पर्छ । ’
नागार्जुन दरबारको बक्यौता करिब ७१ लाख छ । सो रकम लिन संस्कृति मन्त्रालयसँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए ।
भूकम्पपछि पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुन दरबार छाडेर निर्मल निवास बस्दै आएका छन् । दरबारनिकट स्रोतले बिहीबार नै लाइन काटिसकेको दाबी गरेको छ ।