News

‘स्क्रब टाइफस’ बाट १४ सङ्क्रमित

‘स्क्रब टाइफस’ बाट १४ सङ्क्रमित
scrub_typhus-स्क्रब-टाइफस-375x285 भदाै - १७ । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद बिरामीको जाँचका लागि रगतको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएकोमा १६ जना सङ्क्रमित भएको तथ्य पत्ता लागेको जनाएको छ । सङ्क्रमितमध्ये कैलाली जिल्लाका दशजना छन् । अन्य सङ्क्रमितहरु कञ्चनपुर, डोटी, बझाङ्गलगायत जिल्लाका रहेको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताएका छन् । मुसामा लाग्ने एक प्रकारको किर्ना नामको किराको टोकाइबाट सङ्क्रमण भई यो रोग लाग्ने गर्दछ । रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिने, विविरा देखिने, पसिना धेरै आउने, आँखा रातो हुने जस्ता लक्ष्ण देखिन्छ र समयमै यसको उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्ने बताइएको छ । यो रोगको परीक्षण गर्ने ‘किट‘ यस क्षेत्रमा नहुँदा शङ्कास्पद बिरामीको रगतको नमुना सङ्कलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनुपरेको बताइएको छ । रोगको समयमै उपचार गर्न सकेमा निको हुने हुँदा शङ्का लाग्न साथ उपचारमा आउन सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कुमरले सुझाव दिए । गतवर्ष सुदूरपश्चिमका कैलाली, कञ्चनपुर डोटी, डडेलधुरा, बैतडी र बझाङ्ग जिल्लामा यो रोगबाट ५६ जना सङ्क्रमित भएको थियो । ती मध्ये कैलालीका दुईजना र कञ्चनपुरका एक जना गरी तिन जनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ । रोगको सङ्ख्या बढ्दै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वास्थ्य संस्था मार्फत् यो रोग लाग्ने कारण, लक्षण, उपचारको व्यवस्थालगायतका विषयमा स्थानीय समुदायलाई जानकारी गराउन थालेको छ ।

acrub tifes Kailali sudurpaschimanchal

विशेष