News

निजामती सेवा दिवसका अवसरमा साताव्यापी कार्यक्रम सुरु

निजामती सेवा दिवसका अवसरमा साताव्यापी कार्यक्रम सुरु
  nijamati भदाै - १७ । तेह्रौँ निजामती सेवा दिवसका अवसरमा ‘दिवस मूल समारोह समिति’ले शुक्रबारदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । यही आउँदो बुधबार मनाउन लागिएकोे दिवसका अवसरमा समितिले शुक्रबारदेखि साताव्यापी कार्यक्रम सुरु गरिएको सामान्य प्रशासन मन्त्रालयकी सूचना अधिकारी गीतादेवी चेम्जोङले जानकारी गराइन् । कार्यक्रममा सरसफाइ, स्वास्थ्य शिविर, वृक्षारोपण, निबन्ध प्रतियोगिता, अन्तक्र्रिया र खेलकुदजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुने सूचना अधिकारी चेम्जोङले बताएकी छिन् । दिवसका अवसरमा समितिकै आयोजनामा शुक्रबार बिहान दशरथ रङ्गशालामा महिला र पुरुषको ८०० मिटर दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा महिलातर्फ अनिता भुसाल प्रथम, अमृता भट्टराई द्वितीय र सलिना अर्याल तृतीय तथा पुरुषतर्फ शुक्रराज तामाङ प्रथम, नरेन्द्र कार्की द्वितीय र किरण विक तृतीय भएका छन् ।

Nijamati Karmachari

विशेष