राष्ट्रिय शिक्षा दिवस २०७३ सुरु
भदाै -१७ । यसवर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१६ तथा राष्ट्रिय शिक्षा दिवस २०७३ शुक्रबारबाट सुरु भएको छ ।
सरकारले एकसातासम्म मनाउने दिवसको शुक्रबार अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरमा शिक्षा राज्यमन्त्री धनमाया विकले उद्घाटन गरेकी छिन् ।
सो अबसरमा उनले साक्षरता शिक्षा नभए जीवन नै अन्धकार हुने भएकाले साक्षरता शिक्षालाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताइन् ।
कार्यक्रममा काठमाडाैँ, भक्तपुर र ललितपुरबाट सहभागी हुने आठवटा समूहबीच लोकदोहरी प्रतियोगिता एवम् लघु नाटक प्रदर्शनी गरिएको थियो ।
साताव्यापी कार्यक्रममा भदौ २३ गते केन्द्रकै प्राङ्गणमा वृक्षरोपण, प्रभातफेरि, झाँकी तथा र्याली, केन्द्रको साक्षरता विशेषाङ्क सार्वजनिक, स्टल तथा प्रर्दशनी र पुरस्कार वितरण गरिने लगायतका विभिन्न कार्यक्रम रहेका केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले बताएका थिए ।
bhakapur
dhana maya bk
non formal education
sakcherta klaryakram