News समाज

गाविसमा ३ दिनदेखि तालाबन्दी, कामकाज ठप्प

गाविसमा ३ दिनदेखि तालाबन्दी, कामकाज ठप्प

भदाै - १७ । राेल्पामा गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् । घर्तीगाउँलाई गाउँपालिकाको केन्द्र बनाएको विरोधमा जिनाबाङ गाविसका बासिन्दाले तालाबन्दी गरेका हुन् । भौगोलिक विकटतालाई ध्यानमा राखी गाउँपालिकाको केन्द्र नतोकिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । “नक्साको आधारमा कोरिएको गाउँपालिकाको केन्द्रको निर्णय स्वीकार्य छैन” – स्थानीय देवराज ओलीले भनेका छन् । तालाबन्दीपछि गाविस कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने स्थानीयवासीले बताएका छन् ।

जिनाबाङ, घर्तीगाउँ, तालाबाङ, राँक, ओत, पाखापानी गाविस मिलाएर गाउँपालिका बनाउँदा त्यसको केन्द्र ओतको राङ्जीबाङ बनाउनुपर्ने तथा जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउँदा केन्द्र जिनाबाङ बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । आन्दोलनलाई निरन्तरता दिन नौ सदस्यीय संर्घष समिति गठन गरिएको छ । राजनीतिक दलका जिल्लास्थित प्रतिनिधिले नागरिकको भावना विपरीत केन्द्र निर्धारण गरेको स्थानीयवासी मिश्रीप्रसाद डाँगीले आरोप लगाएका छन् ।

gabisama talabandi rolpa

विशेष