तीजकाे अवसरमा पशुपतिनाथको दर्शनका लागि तीनवटा रुट तय
भदाै - १७ । हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व तीजको अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी पूरा भएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । कोषले शुक्रबार काठमााडौंमा पत्रकार सम्मेलन गर्दे पशुपतिनाथको दर्शन सजिलो बनाउन तीनवटा रुट तय गरिएको समेत जनाएको छ ।
तीजको ब्रतको दिन अर्थात आउँदो आइतबार पशुपति नाथको दर्शन गर्न ८ लाख भक्तजन आउने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष र प्रहरीले दर्शन गर्ने तीनवटा रुट निर्धारण गरेको हो । चाबहिल मित्रपार्कबाट उमाकुण्ड, कैलाश हुँदै उत्तरढोका, वाशुकी अगाडी सानो भर्याङ हुँदै मन्दिर प्रवेश गरेर रुद्रगाढेश्वरबाट बाहिरिने पहिलो रुट रहेको छ भने जयवागेश्वरी, ईटापाखा, भुवनेश्वरी र्याम्पबाट पश्चिम ढोका हुँदै मन्दिर प्रवेश गरेर मूलढोकाबाट बाहिरिने दोश्रो रुट रहेको छ ।
त्यस्तै गौशाला, पिङ्लास्थान, चार शिवालय, दक्षिणढोका हुँदै चौसट्ठी हुँदै मन्दिर प्रवेश गरेर चौसट्ठी तर्फको दक्षिणढोकाबाट बाहिरिने तेश्रो रुट रहेको बिकास कोषले जनाएको छ ।
विशेष पूजा र भीभीआईपीको लागि पूर्व ढोकाबाट प्रवेश गरेर वासुकी उक्लने सिढी हुँदै सूर्यनारायण मन्दिरबाट उत्तरढोकाको बाहिरी पेटी हुँदै मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ। उनीहरु पूर्वी ढोकाबाट बाहिरिनुपर्नेछ । महिलाहरुको चाड भएकोले पशुपतिनाथ मन्दिरमा पुरुषहरुलाई जान रोक लगाइने कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए।
मेलामा तीनहजार प्रहरी र शसस्त्र परिचालन हुने छन् भने एकहजार स्वयंसेव रहने कोषले जनाएको छ , पशुपतिनाथ मन्दिर दर्शन गर्नेको घुइँचो हुने भएकोले चावहिलदेखि गौशालासम्मको सवारी आवागमन सधै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीले नै चावहिलदेखि गौशालासम्मको सडकमा सवारीसाधन जान निषेध गर्दै आएको थियो।
तर, यसपल्ट भने सार्वजनिक सवारीसाधनलाई जान दिने व्यवस्था गर्न लागिएको छ
pasupati
Teej