News

म्याग्दीमा बाढीले ११ घर बगायाे

म्याग्दीमा  बाढीले ११ घर बगायाे

भदाै - १७ । उत्तरी म्याग्दीको बेगखोला गाउँको ठाडोखोलामा आएको बाढी गाउँमा पस्दा ११ परिवार विस्थापित भएका छन् । ठूलो वर्षासँगै आएको बाढीले ११ घर बगाउँदा ४८ जना विस्थापित भएका छन् । बाढीका कारण ४ घर जोखिममा परेका छन् ।

बिहीबार राति १ बजेतिर गाउँभन्दा माथीबाट पहिरो खसेर खोलामा बाढी आएपछि बाढीले बेगखोला गाउँको ११ घर बगाएको म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो । बाढीले घर बगाउँदा नरबहादुर गर्बुजा, बलबहादुर पाईजा, लोकबहादुर पूर्जा, ओमकुमार सिंजाली, मबहादुर रामजाली, टेकबहादुर बुढाथोकी, लोकबहादुर बुढाथोकी, पूर्णप्रसाद सिउँथानी, धनबहादुर गर्बुजा, बिर्खबहादुर पाईजा र कमल पाईजा विस्थापित भएको उहाँले जानकारी दिनुभयो । तीमध्ये घरभित्र रहेका महत्वपूर्ण कागजपत्र लिन गएका पूर्णप्रसाद पाइजा भने सम्पर्क्विहीन छन् ।

यसैगरी स्थानीय ईश्वर गर्बुजा, दुतबहादुर सिंजाली, नन्दप्रसाद भट्टचन र झिल्के श्रेष्ठको घर जोखिममा परेको प्रहरी निरीक्षक गुरुले बताउनुभएको छ । विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा आश्रय लिएका छन् भने उनीहरुलाई अस्थायी आवास निर्माण गरेर राख्ने तयारी गरिएको छ । बाढीले ११ घर परिवारको लत्ताकपडा, भाँडाकुँडा, कागजपत्रलगायत गरी ४१ लाख ६० हजार रुपैयाँ बराबरको क्षति पु¥याएको प्रहरीले बताएको छ । बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा रहेको पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षाकै कारण बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनाएको म्याग्दी जीप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताएका छन् । वर्षासँगै खोला बढेर आएपछि आफूहरु मध्यरातमै भागेर ज्यान बचाएको बाढीपीडितले बताएका छन् । घरभित्रको केही पनि सामान गरे। बाढीले बेगखोला गाउँलाई बगरमा परिणत गरिदिएको छ भने अहिले पनि ठाडोखोलामा कालो लेदोसहितको बाढी बगिरहेको छ ।

खोलामा बाढी बढेर आएपछि केही समय कालीगण्डकी नदी समेत थुनिएर ताल बनेको स्थानीय बासिन्दाले बताएका छन् । अहिले पनि कालीगण्डकी नदीले हिस्तान गाविसको नदी किनारमा कटान गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट प्रहरी, नेपाली सेना, रेडक्रसकर्मी र पत्रकारको टोली घटनास्थल पुगेको थियो । अहिले क्षतिको विवरण सङ्कलन गर्नुका साथै विस्थापितहरुको पुनस्र्थापनाका लागि पहल थालिएको छ ।

mygdi ma Pahiro

विशेष