विदेश

कतार एयरवेजको ट्राभल फेस्टिभल याेजना आयो

कतार एयरवेजको ट्राभल फेस्टिभल याेजना आयो
quatar airwaysभदौ - १७ । कतार एयरवेजले ट्राभल फेस्टिभल नयाँ सिजन फेरि सुरु गरेको छ । आकर्षक उपहारहरु जित्ने अवसरसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ । अगस्ट २९ देखि सेप्टम्बर ५ सम्म चल्ने ट्राभल फेस्टिवलअन्तर्गत यात्रीहरुलाई विश्वकै केही सर्वाधिक लोकप्रिय “होलिडे” गनतब्यमा रमाउने, कम्पानियन प्रमोशन अफरमार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । फेस्टिवलअन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टललगायतमा समेत छूटको व्यवस्था गरिने जानकारी दिइएको छ । ट्राभल फेस्टिवलअन्तर्गत छूटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारसमेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सयभन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपहारअन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने छ । त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । उपहार योजनाअन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जालभित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न सपिङ्ग भाउचरलगायतको ब्यवस्था पनि रहको जनाइएको छ । कतार एयरवेजले उडान भर्ने अमेरिका, मिडल ईष्ट, यूरोप र अफ्रिकाका साथै विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यका इकोनोमी र बिजनेश क्लास रिटर्न एयरफेर्समा ट्राभल फेस्टिवल अवधिभर अफर लागू हुनेछ । कतार एयरवेजले विश्वकै सर्वोत्कृष्ट १० एयरपोर्ट मध्यको एक दोहा स्थित हमाद अन्तरराष्ट्रिय विमानस्थल मार्फत बढ्दो क्रममा रहेको १ सय ५० भन्दा बढी गन्तब्यको सञ्जालमा उपभोक्ताहरुलाई उडान सेवा प्रदान गरिरहेको छ। साथै, यात्रीहरुले एयरलाईनको सञ्जालमा सन् २०१६ मा थपिएका लस एन्जिलिस (यूएसए), रास अल खाइमा (यूएई), सिड्नी (अष्ट्रेलिया), बोस्टन (यूएसए), बर्मिङ्घम (यूके), यरेभान (अरमेनिया), एट्लान्टा (यूएसए), माराकेच (मोरोक्को) र पिसा (ईटाली) गनतब्यको यात्राको मज्जा समेत लिन सक्ने कम्पनीले जनाएको छ ।

festival plan qatar airways

विशेष