विदेश

४ वर्षदेखि निलम्बित विमानस्थल पुनः सञ्चालनमा

४ वर्षदेखि निलम्बित विमानस्थल पुनः सञ्चालनमा
  airort भदाै - १७ । विगत चार वर्षदेखि निलम्बनमा रहेको ब्रिटिस एयरवेजको लन्डन(तेहरानबीचको उडान सेवा शुक्रबारदेखि पुनःसञ्चालनमा आएको इरानको सरकारी सञ्चार माध्यम इर्ना न्यूज एजेन्सीले जनाएको छ । तेहरानको इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानै ब्रिटिस एयरवेजको बोइङ–७७७ विमान अवतरण गरेपछि दुई देशबीच सन् २०१२ को अक्टोबर महिनादेखि अवरुद्ध व्यापारिक उडानसेवा पुनःसुरु भएको हो । सो बेलायती विमान लन्डनको हिथ्रो विमानस्थलबाट बेलायती समयानुसार बिहिबार राति ०९ः१० बजे प्रस्थान गरेर भोलिपल्ट बिहान स्थानीय समयानुसार ०६ः१५ मा तेहरान आइपुगेको थियो । आगामी दिनहरुमा लन्डन (तेहरानबीच हप्ताको नियमित छ वटा दुइतर्फी उडान गरिने जानकारी ब्रिटिस एयरवेजले दिएको छ । सन् १९४६ देखि नै ब्रिटिस एयरवेजले लन्डन (तेहरानबीच नियमित उडानसेवा सञ्चालनमा ल्याएको र सन् २०१२ अक्टोबर अघिसम्म हप्ताको नियमित तीन वटा दुइतर्फी उडानसेवा सञ्चालनमा आइरहेका थिए । त्यस्तै विगत आठ वर्षदेखि निलम्बनमा रहेको एयर फ्रान्सको पेरिस (तेहरानबीचको उडान सेवा गतःअप्रिल महिनादेखि पुनःसञ्चालनमा आएको थियो । यस हिसाबले इरानसँग ब्यापारिक हवाइसेवा पुनःकायम गर्ने युरोपेली मुलुकको श्रेणीमा बेलायत दोस्रो स्थानमा रहेको छ । आणविक शक्ति सञ्चय तथा आणविक हातहतियार उत्पादन र भण्डारण सम्बन्धमा अमेरिका तथा पश्चिम युरोपेली राष्ट्र र इरानबीच केही वर्ष अघि चरम विवाद उत्पन्न भइ अमेरिका तथा पश्चिम युरोपेली राष्ट्रहरुले इरानउपर विभिन्न खाले राजनीतिक तथा आर्थिक प्रतिवन्ध लगाएका थिए । दुई पक्षबीच सहमति भइ गठित एउटा अन्तरराष्ट्रिय संस्था इन्टरनेशनल एटोमिक इनर्जि एजेन्सीले दिएको प्रतिवेदनमा आधारित भइ पश्चिम युरोपेली राष्ट्रहरुले पहिला इरानउपर लगाएका प्रतिबन्धहरु गतः जनवरी महिनादेखि केही खुकुलो पार्दै ल्याएका छन् । ब्रिटिस एयरवेजले लन्डन (तेहरानबीच पुनःसुचारु गरेको उडानसेवा पनि इरानउपर बेलायतले लगाएको प्रतिबन्ध क्रमशःहटाउने सिलसिला भित्रै परेको जनाइएको छ ।

Airport british airways

विशेष