News

घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधि प्रदान गरिने

घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधि प्रदान गरिने
jhamak ghimire भदौ १७ । साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । शुक्रबार जधानीमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले गरेको कार्यक्रममा यसबारे जानकारी गराइएको हो । मध्यपश्चिमाञञ्चल विश्वविद्यालयले गएको जेठ ३१ गते झमकलाई मानार्थ विद्यावारिधि दिनेबारे निर्णय गरेको थियो । विश्वविद्यालयले राष्ट्रिय सभागृहमा गर्ने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान प्रदान गर्नेछन् । यस्तै, आजै झमकको कविता संग्रह ’प्रेमिल आकाश’माथि अन्तरसंवाद गरिएको छ । ’कविहरुको इजलासमा’ नाम दिइएको कार्यक्रममा झमकका कविताहरुबारे कवि तथा अन्य क्षेत्रमा कलम चलाउने लेखकले बोलेका थिए । कवि अमर गिरी, सुलोचना मानन्धर, हरिहर तिमिल्सिना र फूलमान बल वक्ताका रुपमा उपस्थित थिए। झमकले लिखित रुपमा जिज्ञासामाथि जवाफ लेखिन्, जसलाई प्रतिष्ठानकी एक सदस्यले वाचन गरिन् । कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिँदै उनले लेखिन्, ’संसारमा धेरै खालका मान्छे छन् । तीमध्ये कोही ईश्वर मान्छन्, कोही मान्दैनन् । मैले ईश्वर मान्नेरनमान्ने दुवैको लागि कविता लेखेँ। मन पराउनेरनपराउने सबैको प्रशंसा र आलोचना स्विकार्छु ।’

jhamak ghimire PHD ko upadi dine

विशेष