News
बसकाे ठक्करबाट बालिकाकाे मृत्यु
शुक्रबार, १७ भदौ २०७३ गते प्रकाशित

भदाै - १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा अज्ञात सवारी साधनको ठक्करबाट उपेन्द्र रामकी १२ वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।
ती बालिकालाई कुन गाडीले ठक्कर दिएको खुल्न नसकेको र ठक्कर दिने गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद पोखरेलले बताएका छन् ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जनाइएको छ ।
Saptari
thakkar le mirue