News

गाडीभित्रै चालक मृत भेटिए

गाडीभित्रै चालक मृत भेटिए
भदौ - १७ । विराटनगर– ५ स्थित नोबेल अस्पतालको परिसरमा रोकेर राखिएको मारुती भ्यानभित्रै आज त्यसका चालक मृतावस्थामा भेटिएका छन् । death-main को१ज १२५३ नंको मारुती भ्यानका चालक सिसवनी बडहरा–६ बस्ने ५५ वर्षीय सुन्दरलाल तबदार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। विषादी सेवनबाट मृत्यु मधुमल्ला–२ तोरीबारी बस्ने ३६ वर्षीय विशाल खड्काको शुक्रबार विषादी सेवनबाट मृत्यु भएको छ । खड्काले विषादी सेवन गरेपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । रासस

Death Death in Morang

विशेष