News

पूर्वयुवराज्ञी प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरवलोकन आदेश

पूर्वयुवराज्ञी प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरवलोकन आदेश
भदौ - १७ । सर्वोच्च अदालतले पूर्वयुवराज्ञी प्रेरणाराज्यलक्ष्मी शाहका नाममा रहेको विवादित जग्गासम्बन्धी मुद्दामा पुनरवलोकनका लागि आदेश दिएको छ । Prerana Rajyalaxmi Shaha न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज शाहको जग्गा विवादको विषयलाई लिएर यसअघिको फैसला पुनरवलोकन गर्न आदेश दिएको हो । तत्कालीन राजा वीरेन्द्रको स्थानीय छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको कार्यालय नाममा थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले सो जग्गा आफ्नो स्वामित्वको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको गत वर्ष असार ६ गतेको संयुक्त इजलासले जग्गा उनको स्वामित्वको भएको ठहर गरेको थियो । ट्रस्टको कार्यालयले सो जग्गा पूर्वराजा वीरेन्द्रको नाममा नै रहेको दाबी गर्दै उक्त आदेशलाई पुनरवलोकन गर्न माग गरेको थियो । प्रेरणाको स्वामित्व ठहर भएको विषय अदालतको स्थापित नजिर वा कानुनी सिद्धान्त प्रतिकूल देखिएको हुँदा पुनरवलोकन गर्ने अनुमति प्रदान गरिएको आदेशमा उल्लेख छ । आदेशमा प्रेरणाका पिता तत्कालीन राजा ज्ञानेन्द्रका नाममा सो जग्गा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजधिराजको नाममा गएको देखिएको हुँदा ज्ञानेन्द्रका नाममा नभएको जग्गा हस्तान्तरण गर्न नपाइने कानुनी मान्यता रहेको उल्लेख छ । रासस

Nepal Trust Prerana Rajayalaxmi Shah

विशेष