विदेश

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु
भदौ - १७ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो । self driving mini bus बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् । सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई प्रशासनले बताएको छ । विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमो उक्त सेवा प्रदान गरिनेछ । इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा निर्माण गरिएको मिनीबसले ४० किलोमिटर प्रतिघण्टाको गतिमा सेवा प्रदान गर्नसक्ने बताइएको छ । निर्माण कम्पनीले जनाएअनुसार बसले आफ्नो गति अन्य गाडीको गतिअनुसार स्वतस्फूर्त रुपमा लिन वा नियन्त्रण गर्न सक्नेछ । यस बसको अचम्मको कुरा के छ भने जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले रोकिएर उनीहरुलाई सडक पार गर्न दिने हैसियत राख्दछ । यस किसिमको यातायात सेवा दुबईको सकड सञ्जालमा पहिलो र महत्वपूर्ण कदम भएको छ साथै यसले वातावरणलाई स्वच्छ राख्न पूर्णतया मद्दत गर्ने विश्वास लिइएको दुबई सडक यातायात अधिकारीले अहमद बहरोज्याएनले बताए । दुबई सडक यातायात विभागका महानिर्देशक म्याटर अल टाएरले उक्त सेवालाई आफूहरुलेसन् २०३० सम्म दुबईको एकचौथाई भागमा लागिपरेको बताए। दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा एक करोड ४२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । एएफपी

self driving minibus self driving minibus in uae

विशेष