News

माथिल्लो कर्णाली सम्झौता हुँदा ओली उपस्थित नरहेको दावी गर्दै रावलले भने, ‘सम्झौता राष्ट्रघाती छ’

माथिल्लो कर्णाली सम्झौता हुँदा ओली उपस्थित नरहेको दावी गर्दै रावलले भने, ‘सम्झौता राष्ट्रघाती छ’
bhim-rawal-nepalaaja भदौै–१८, नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माथिल्लो कर्णाली परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरिएको बताएका छन् । असोज ३, २०७१ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला तथा भारतीय गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा तत्कालिन उपप्रधानमन्त्री बामदेव गौतम तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीपनि उपस्थित थिए । सिंहदरबारमा भएको सम्झौता हस्ताक्षरमा ओली, गौतम, कोइराला र भारतीय गृहमन्त्री सिंह लहरै बसेका थिए । तपाई कै अध्यक्ष एंव निवर्तमान प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रहित विपरितको सम्झौता भएको प्रश्नमा रावलले ओली उपस्थित नरहेको दावी गरे । रावलले कोइराला नेतृत्वको सरकारले सम्झौता गरेको र सो सम्झौताका कतिपय प्रावधान देशको हित विपरित रहेको स्पष्ट गरे । तपाई सुदुरपश्चिमको नेता तर सुदुरपश्चिमकै दुईवटा नदी महाकाली र कर्णाली बेचियो भन्ने प्रश्नको जवाफमा उनले आफ्नो बचाउँ गरेका थिए । कर्णाली र महाकाली बचाउँन आफु लागेको र आफ्नै कारणले कर्णाली परियोजनामा केही संशोधनपनि भएको दाबी गरे । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै उनले कर्णालीको परियोजना संशोधनका लागि सबैलाई आग्रह गरे । बन्दुकेको आरोपमा प्रष्टिकरण उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भनाभन भएको भनिएको सन्दर्भपछि रावलको रुखोपन फेरि चर्चामा छ । २०५४ सालमा नेपालगंजमा भएको एमालेको छैठौं महाधिवेशनमा रावलले विपक्षी खेमाका नेताकार्यकर्तालाई बन्दुक देखाएको आरोप छ । उनलाई सोही कारण एमालेभित्र बन्दुके भनेर टिप्पणी पनि गरिन्छ । उनले सो आरोप अस्विकार गरेका छन् । गृह र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वउपप्रधानमन्त्री रावलले भने, ‘मैले तर्क दिएर गुण्डागर्दी गर्नेसँग प्रतिवाद गरेको थिएँ । मलाई एक नेता (हाल मृतक)ले बन्दुकेको आरोप लगाउँनुभयो । मैले खाशमा कलमले फायर गरेको हो ।’ उनले निधिलाई तर्कले प्रतिवाद गरेको र त्यसले उहाँलाई चोट लागेको हुंन सक्ने रावलको भनाइ छ । रावलसँगको यक्ष प्रश्न तलको लिंक क्लिक गरी हेर्न सक्नुहुन्छ ।

Bhim Rawal mathillo karnaliko samjhauta uhda oli

विशेष