परराष्ट्रमन्त्री महतको प्रेस संयोजकमा एकराज पाठक नियुक्त
भदाै - १८ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त भएका छन् ।
राससमा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुखमा कार्यरत रहेका पाठकलाई परराष्ट्रमन्त्री डा महतको सचिवालयमा रा.प प्रथम श्रेणी सरहको नियुक्त गरिएको हो ।
पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन गर्दै अाएका थिए । उनका नेपाली पत्रकारिता र सूचनाको हकसम्बन्धी पुस्तक प्रकाशित छन् ।
पाठकसँग पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदमा अामसञ्चार तथा पत्रकारिता विषयमा विषय समितिको सदस्यका रुपमा काम गरेको अनुभव छ ।
नेपाली पत्रकारिता र सूचनाको हकका क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न पाठकका विभिन्न पत्रपत्रिका, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुसन्धानमूलक र प्राज्ञिक जर्नलमा लेखहरु प्रकाशित छन् ।
बागलुङ जिल्लाको अमलाचौरमा विस २०३१ फागुनमा जन्मिएका पाठक २० वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका छन् ।
akraj pathak
pararastra mantralaya