
भदौ – १८ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका सयोजक बाबुराम भट्टराईको जीवनमा आधारित पुस्तकको शनिबार लोकार्पण गरिएको छ । अविराम बाबुराम नाम दिइको यो पस्तुकका लेखक पत्रकार अनिल थापा हुन् । विमाेचन कार्यक्रम नेपाल पुलिस क्लबकाे सभाहलमा भएकाे थियाे । पुस्तककाे सार्वजनिक बाबुरामका बाबु भाेज प्रसाद भट्टराईले गरेका थिए ।

संग्रिला प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकमा तीन सय ५० पृष्ट रहेका छन् । बाबुरामको राजनीतिक प्रसंगसहित उनको बाल्यवस्थाको बारेमा लेखक थापाले केलाउन खोजेका छन् । थापाले बाबुरामको हिसिला यामीसँगको प्रेमसम्बन्धको विषयमा पनि कोट्याउने प्रयास गरेका छन् । यो पुस्तकबाट प्रजातन्त्रको विचार बोक्ने बाबुराम कसरी कम्यनिस्ट बने, प्रचण्डसँगको बारबारको विवाद, जनक्रान्ति, माओवादीले प्रयोग गर्ने हातहतियारको बारेका जानकारी पाउन सक्ने बताइन्छ ।

पत्रकार तथा लेखक थापाका अनुसार बाबुरामका रोचक प्रसंग, विद्यार्थी जीवन, तत्कालिन अवस्थामा भारतसँगको निकटताका साथै राजासँगको सम्बन्धका विषयमा पनि पुस्तकमा समावेश गरिएको छ ।
यस पुस्तकका बारेमा एमाले प्रदिप ज्ञावली, नयाँ शक्ति नेपालका सयोजक बाबुराम भट्टराई, दुुर्गा सुवेदी लगायतकाले टिकाटिपणी गरेका थिए ।
abiram baburam
anil thapa
baburam bhattarai
pustak bimochan