News

पहिरोमा पुरिएर २ को मृत्यु

पहिरोमा पुरिएर २ को मृत्यु

भदाै - १८ । पहिरोमा पुरिएर भाेजपुरमा दुई जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि गएको पहिरोका कारण भोजपुर कुलुङ– ६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलुङ–९ स्थित जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार, पहिरोले क्षति पुर्‍याएको सूचनाका आधारमा कुलुङबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा पुरिएको घर उत्खनन गर्दा राई दम्पती आज मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा उनीहरुले पालेको दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका छन् ।

bhojpur pahiroma mirtue

विशेष