आइसीसीका प्रमुख प्रधानमन्त्रीलाई भेट्न नेपाल आउँदै
भदाै - १८ । नेपाली क्रिकेटको विवाद समाधान गर्न आइसीसीका उच्च पदाअधिकारी सहितको टोली काठमाडौँ आउने भएको छन् । नेपाली क्रिकेट टोली निलम्बन फुकुवाका विषयमा सरकारसंगै छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको उच्च टोली नेपाल आउने भएको हुन् । आईसीसीका प्रमुख कार्यकारी उच्च पदाधिकारीको टोली राति काठमाडौं आइपुग्ने छ ।
पदाधिकारीको टोलीमा एसोसिएट प्रमुख इमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शेख र आइसीसी सीइओ डेभिड रिर्चडशन छन् । टोलीले आइतबार विहान ९ बजेपछि प्रधानमन्त्री निवासमा खेलकुदमन्त्री राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव कुमार विष्टलाई राखेर बैठकको कार्यक्रम गर्नेछ । टोलीले सरकारसंगको छलफलपछि आउँदो अक्टोबरमा हुने बोर्ड बैठकमा राख्ने विवरण तयार पार्ने बुझिएको छ ।
शेख शुक्रबारै नेपाल आएका छन् भने, ख्वाजा र रिचर्डशन राति आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव कुमार विष्टले बताएका छन् । ९ जना सदस्य रहेको टोली आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रीपाईलीसंग भेट गरेर दिउँसो अन्य सरोकारवालालाई भेट्दै साँझ फर्किने कार्यक्रम छ ।
अघिल्लो पटक आएको टोलीमा प्रमुख कार्यकारी नआएपछि अन्य अध्ययन गरेपनि प्रधानमन्त्री र खेलकुद मन्त्रीसंग भेट हुन सकेको थिएन । आइसीसीले क्यानलाई निलम्बन गर्दा सरकारको हस्तक्षेपको कारण देखाएकाले सरकारलाई नै सुझाउने तयारी गरेको थियो ।
icc cricet icc ka pramukh nepal audai