News

त्रिपुरेश्वरका घरमा डोजर चल्यो

त्रिपुरेश्वरका घरमा डोजर चल्यो
dojar भदौ - १८ । काठमाडौंका मुख्य सडक निर्माण गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न स्थानमा सडकहरु चौडा पार्ने क्रममा शनिबार त्रिपुरेश्वर टेकु सडकखण्डमा डोजर चलाएको छ । सडकपेटीमा रहेका भौतिक संरचना भत्काउने क्रममा पशु स्वास्थ्य निर्देशनालयकोगेटसँगै बोर्ड पनि भत्काइएको छ । सडक निर्माणमा डोजरसँगसँगै सुरक्षाकर्मीसहितको टोली परिचालित गरिएको थियो । धुलोधुवाँ र ट्राफिक जामको सास्ती भोगिरहेका यहाँका स्थानीय बासी भने सडक विस्तारदेखि खुसी छन्। तर कतिपय स्थानीय बासी तथा यात्रुहरुले कही ठाउँमा अवरोध पनि झेल्नुपरेको बताए । भूकम्पपछि रोकिएको सडक विस्तारको कामलाई सडक विभागले पछिल्लो समय गति दिएको हो । यसअघि त्रिपुरेश्वर( कलंकी सडक विस्तार आयोजनामा तत्काल केही नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

sadak birtar Tripureshwor

विशेष