विदेश

राष्ट्रपति भवनमा बम बिस्फोट

राष्ट्रपति भवनमा बम बिस्फोट
bomb blast भदौ – १८ । फिलिपिन्सको एक सहरमा बम फिस्फोटमा परि १२ जनाको मृत्यु भएको छ । दक्षिणी डावाओ सहरमा बम बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिपतिका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै व्यस्त सहरमा शुक्रबार राती बम विस्फोट भएको र उक्त हमलामा परी १२ जनाको मृत्यु हुनुका साथै ७० जना घाइते भएको बताएका छन् । राष्ट्रपति रोड्रिगो ड्युटरेटिको गृह सहर रहेको र उनले उक्त हमला कानुनी राज्यको उपहास भएको भन्दै कडा सुरक्षाको रणनीति अपनाउने बताएका छन् । उक्त बम विस्फोट भने कुन समुहले गरेकोे पुष्टि भएको छैन । त्यहाँको सरकारले यसबारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

bolb blast philipins president house

विशेष