News
आर्ट काउन्सिलमा दीपा र प्रियंका एकसाथ
शनिबार, १८ भदौ २०७३ गते प्रकाशित

भदौ - १८ । फोटो पत्रकार क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोको प्रदर्शन नेपाल आर्ट काउन्सिल बबरमहलमा जारी कार्यक्रममा दीपा र प्रियंका एकसाथ देखिएका छन् ।
शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा विविध विधामा बिजेता ठहरिएका बाहेक अन्य फोटो पनि राखिएका छन्। उक्त फोटो प्रदर्शनी एक हप्तासम्म चल्नेछ ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ’छक्का पन्जा’की निर्देशक दीपाश्री निरौला र अभिनेत्री प्रियंका कार्कीले पनि एकसाथ प्रदर्शनमा राखिएका फोटो नियालेका थिए ।
शनिबार फोटो हेर्नका लागि अन्य कलाकारहरु पनि आएका थिए। अन्य उपस्थित कलाकारमा रिश्मा गुरुङ नवकलाकर नाजीर हुसैन थिए ।
art council
dipa neraula
priyanka karki