भियतनाममा मोदीले गरे गौतम बुद्ध भारतमा जन्मिएकाे दाबी
भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील भारत गौतम बुद्धको भूमि हो भनेका छन् । उनले भियतनाम भ्रमणको क्रममा त्यँहाका प्रधानमन्त्रीसँग यस्तो भनेका हुन् । उनले पटक पटक भारतलाई बुद्धको भूमि भन्दै भियतनामका प्रधानमन्त्रीलाई शान्ति खोज्न भारत आउन पनि भनेका छन् ।
मोदीले भियतनाममा रहेको गौतम बुद्धको मन्दिरमा पूजा समेत गरेका थिए । शनिवार भियतनामका प्रधानमन्त्री नगुएन जुआन फुकसँग भेटवार्ता गरेपछि मोदीले बौद्ध मन्दिर कुआङ्ग सु प्यागोडा पुगेर बुद्धको भूमि भारत र भियतनामबीच घनिष्ठ सम्बन्ध बनाउनुपर्ने बताए ।
युद्धले भियतनामलाई अलग्गै संसारमा पुयाएको तर बुद्धले भियतनामलाई भारतसँग शान्तिको बाटोमा जोडेको र भियतनामीहरुले गौतम बुद्धको सन्देशलाई अगालेर हिड्नु पर्ने तथा उनको पाठ सिक्नुपर्ने मोदीले बताए । अमेरिकासँग ६० को दशकमा युद्ध गरेको भियतनाममा पुगेर उनले भने’, ’म तपाईंहरुको पाहुना हुँ । तपाईंहरु पनि भगवान बुद्धको धर्ती आउनुस् ।’ बम(बन्दुकवाला भियतनामबाट बुद्धको मार्गकमा हिँड्ने कुरा अहिले पनि अशान्तिको बाटोमा हिँडेकाले सिक्नु जरुरी छ ।’
मोदीले सम्बोधनका क्रममा दुबै देशको सम्बन्ध दुई सय वर्ष पुरानो भएको उल्लेख गरे । सम्बोधनकै क्रममा उनले केही मानिस यहाँ युद्ध गर्न आए उनी भने त्यहाँ बुद्धको धर्तिबाट शान्तिको सन्देश लिएर आएको दाबी गरेका थिए । उनले युद्धले भियतनामीरुलाई दुनियाँबाट टाढा बनायो बनाएको र बुद्धले तिनींहरुलाई भारतसँग जोडिदिएको बताए । भियतनामको हनोईमा रहने क्रममा मोदीले भियतनामलाई करिब ५० करोड डलरको सहयोग दिने पनि घोषणा गरे । चीनविरुद्ध आफ्नो रणनीतिमा भियतनामलाई सहभागी गराउने योजनाका साथ मोदी हनोई पुगेका हुन् ।
gautam buddha born
India
Narendra modi
viyatnam