News

उपराष्ट्रपति पुनद्वारा तीजको शुभकामना व्यक्त

उपराष्ट्रपति पुनद्वारा तीजको शुभकामना व्यक्त
Nandaभदौ - १८ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली दिदीबहिनीलाई शुभकामना दिएका छन् । शनिबार उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले उपराष्ट्रपतिका तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्ण नेपाली दिदीबहिनीलाई तीजको शुभकामना दिएको उल्लेख गरेका छन् । ‘नेपाली हिन्दु महिला दिदी–बहिनीको महान् पर्व हरितालिका तीज–२०७३ नेपालीको घरदैलोमा आइपुगेको छ । हरितालिका तीजको पावन अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान छ । नेपालमा भएका परिवर्तनकारी आन्दोलन तथा सशस्त्र संघर्षमा महिला दिदी–बहिनीले पुर्याउनु भएको योगदानको यस अवसरमा उच्च सम्मान गर्दछु ।’ संघर्षबाट प्राप्त सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले सबै तहमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले महिलाको सहभागीताले नेपालले गौरवमय परिवर्तन ल्याएको समेत उल्लेख गरेका छन् । ‘तीज पर्वको अवसरमा नेपालको परिवर्तनकारी आन्दोलनमा सहभागीता र यसबाट प्राप्त उपलब्धीप्रति गौरव गर्न सम्पूर्ण दिदी–बहिनीलाई आग्रह गर्दछु,’ विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘हरितालिका तीजले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी शुभकामना व्यक्त गर्दछु ।’

Nanda Bahadur Pun Teej uparastrapati

विशेष