विश्वकै अग्लो स्थानमा रहेको ब्रिज खुलेको १३ दिनमै बन्द, यस्ताे थियाे ब्रिज ( फाेटाे फिचर)
भदौ १८ । दक्षिणी चीनको एक ग्लास ब्रिज विश्वकै अग्लो स्थानमा रहेको ब्रिज खुलेको १३ दिनमा बन्द गर्नुपरेको छ ।
पर्यटकको अत्याधिक चाप बढेपछि विश्वकै अग्लो स्थानमा रहेको यो आकर्षक र चामत्कारिक ग्लास ब्रिज बन्द भएको हो ।
गत अगस्ट २० मा पर्यटक र सर्वसाधरणको लागि खुल्ला गरिएको ब्रिज ९८० फिटको उचाइमा रहेको छ । सुरुकै दिनदेखि पर्यटकमको चाप बढेको थियो । एक पटकमा बढीमा ८ सय व्यक्तिको भार थाम्न सक्ने उक्त ब्रिजमा जानेको संख्या बढेसँगै सुरक्षाको लागि समेत बन्द गर्नुपरेको त्यहाँका प्रवक्ताले बताएका छन् । आन्तरिक व्यवस्थापनको सुधार गर्नको लागि पर्यटन आगमनलाई बन्द गर्नुपरेको बताइएको छ ।
हुनान प्रान्तस्थित झाङजिएजी ग्राण्ड क्यानोनमा अवस्थित उक्त ब्रिजबाट तल रहेको नदी स्पष्ट देख्न सकिन्छ । पर्यटकहरुले ब्रिजमा बसेर विभिन्न पोजमा फोटो खिचेका छन् भने कतिले ब्रिजमै सुतेर समेत फोटो खिचाएका छन् ।
गत जुन २५ मा अफिसियलहरुले ब्रिजमा कार दौडाएर परीक्षण गरेका थिए। उक्त ब्रिजको लम्बाइ करिब ४३० मिटर रहेको छ भने चौडाइ ६ मिटर छ। यस्तै ब्रिजमा ९९ वटा ग्लासको प्यानल प्रयोग गरिएको छ।
China
glass bridge