विदेश

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता
barak-obama-vs-si-jing-ping भदाै - १८ चीनकाे पूर्वी सहर हाङ्झाओमा विश्वका राष्ट्रप्रमुख सरकार प्रमुख एवम् अन्य प्रतिनिधि आउने क्रम सुरु भएको छ । यसै अवसरमा चिनियाँ राष्ट्रपति सी जिन पिङले कार्यक्रममा सहभागिता जनाउन आएका उनका अमेरिकी समकक्षी बाराक ओबामालाई शनिबार स्वागत गरे । उक्त अवसरमा चिनियाँ राष्ट्रपति सी जिन पिङले चीन अमेरिकासँगको द्विपक्षीय सम्बन्ध विस्तार गर्दै सही मार्गमा अघि बढ्न इच्छुक रहने बताएका छन् । जि–२० सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गरेपछि पत्रकारसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले दुई विश्व शक्ति राष्ट्रले द्वन्द्वरहित, विवादरहित सिद्धान्तको परिकल्पना गर्दै आपसी सम्मान एवम् सहकार्य गर्नुपर्ने बताए । उनले दुईदेशबीच आपसी विश्वास र सहयोगको बाटो अवलम्बन गरीे फरक विचारलाई रचनात्मक तवरले समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । हाङ झाओमा हुने ऐतिहासिक सम्मेलनले चीन–अमेरिका सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेमा कोसेढुङ्गा सावित हुने उनको विश्वास थियो । उक्त अवसरमा सीले आफ्नो सन् २०१३ मा अमेरिकी राष्ट्रपतिसँग भएको छलफल एवम् प्रतिबद्धतालाई आफूले सम्झिरहेको बताउँदै यसले चीन र अमेरिकाको दूरीलाई कम गरेको पनि बताएका छन् ।

America Barak Obama China ci jing ping

विशेष