चन्द्रमामा दोस्रो पटक पाइला टेक्ने अन्तरिक्षयात्री नेपालमा
भदौ - १८ । जेमिनी–१२ रकेट चढेर चन्द्रमामा पहिलो पाइला टेक्ने निल् आर्मस्ट्रङ र बज अल्ड्रिन थिए । ती दुई अन्तरिक्षयात्री मध्य एक मात्र जीवित छन् । उनी हुन् एद्विन् बज अल्ड्रिन जो आइतबार नेपाल आउने भएका छन् ।
एभरेष्ट साइन्स सेन्टरले शनिबार सुनसरीको शान्तिवन स्थित साइन्स सेन्टरमा पत्रकार सम्मेलन गरी बज अल्ड्रिन आउने विषयमा जानकारी गराएको हो । सेन्टरको निमन्त्रणामा अल्ड्रिन नेपाल आउने भएका हुन् ।
बज अल्ड्रिनले गर्ने भ्रमण र विद्यार्थीहरुसँग गर्ने अन्तरक्रिया लगायतको सम्पूर्ण तयारी पूरा भएको साइन्स सेन्टरले जनाएको छ ।
अल्ड्रिनसँगै मंगलग्रहमा भविष्यमा वस्ती बसाउने कार्यक्रममा अध्यक्ष डाक्टर एन्डी र उनकी श्रीमती एवम् नासाकी अध्यक्ष मिस एलिजावेथ लेबनान्स पनि नेपाल आउने भएका छन् ।
भ्रमण दलका सदस्य नासाकी पूर्व एक्ज्युकेटिभ म्यानेजर मिसेज एलिजावेथ लेवल्यान र पेलोर्ड म्यानेजर जोसेफ लेवल्यान शुक्रबार काठमाडौं आइसकेका छन् । बज अल्ड्रिनले मंगलबार सुनसरीको शान्तिवन स्थित एभरेष्ट साइन्स सेन्टरमा पाँच हजार बढीलाई अन्ड्रिनले अन्तरिक्ष यात्राको अनुभव सुनाउने छन् ।
एल्ड्रिन मंगलबारनै टोली सहित अन्तरक्रिया पछि एभरेष्ट साइन्स सेन्टरको अवलोकन गरी काठमाडौं फर्कने छ । भदौ २२ र २३ गते काठमाडौंको कार्यक्रममा सरिक भई अल्ड्रिन २५ गते फर्किने कार्यक्रम रहेको छ ।
baaj aldrin
chandrama
nepal