News

काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु

काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु
भदौ - १८ । देखि काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ । काठमाडौँ–करुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक/एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताए। luxury_coaches_big पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी दिनमा क्रमसः बस थपिदै लैजाने योजना रहेको छ । रसुवागढी केरुङ नाका र यहाँ सञ्चालित विभिन्न आयोजनामा मानव चाप वृद्धि हुँदै गएका बेला थप बस सेवा सञ्चालनले यात्रामा सुविधा पुगेको समितिले जनाएको छ । समितिका अनुसार यहाँ सञ्चालित डिलक्स बसमा सिट क्षमताभन्दा बढी यात्रु राखिने छैन । रासस

विशेष