विदेश

यौन पिपासु मन्त्री पक्राउ

यौन पिपासु मन्त्री पक्राउ

Manri भदौ १९ । भारतको दिल्ली सरकारबाट बर्खास्त गरिएका पूर्व मन्त्री सन्दीप कुमारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व मन्त्री कुमारलाई अदालत पेश गर्ने तयारी छ ।

सन्दीप कुमार विरुद्ध जम्मा गरिएका प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । सन्दीप कुमार विरुद्ध एक महिलाले बलात्कार गरेको भन्दै दिल्लीको सुल्तानपुरी प्रहरी चौकीमा आरोप दर्ता गराएकी छन् ।सन्दीप कुमार आम आदमी पार्टीको दिल्ली सरकारमा महिला कल्याण मन्त्री थिए । मुख्यमन्त्री अरबिन्द केजरिवालले उनलाई गत बुधबार मन्त्रीबाट बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री केजरिवालले सन्दीप कुमार एक सेक्स टेपमा देखिएपछि उनलाई बर्खास्त गर्नुभएको हो । केजरिवालले एक सिडी आफ्नो हात लागेको बताएका थिए । सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएका छन् ।

उनी विरुद्ध आरोप दर्ता गराएकी महिलाले सन्दीप कुमारले आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताएकी छन् । सन्दीप कुमारले मन्त्री बनेपछि सिडी बनाएको ती महिलाको भनाई छ ।

Sandip Kumar

विशेष